Skip to content
Scan a barcode
Scan
Paperback अम्रिकाने काशी (Amrikane Kashi) [Nepali] Book

ISBN: 9937753694

ISBN13: 9789937753692

अम्रिकाने काशी (Amrikane Kashi) [Nepali]

फिरन्ता सुफीले मुस्ताङको लेतेमा काशीलाई भेट्छे । सुफीको जीवनमा आएपछि जहाजको सिटमा बसी अमेरिका पुगेर फर्किएको भोटे काशी कसरी 'अम्रिकाने काशी' बन्यो भन्ने कथालाई उपन्यासकार सरला गौतमले चित्ताकर्षक ढङ्गले चित्रण गरेकी छिन् ।

जनावर र पक्षीहरूको पनि आफ्नै प्राकृतिक संसार छ, जसरी मानिसहरूको छ। जसरी मानिसका देवता प्रकृति हुन्, त्यसरी नै पशुपक्षीहरूका देवता पनि प्रकृति नै हुन् । यो प्राकृतिक घरलाई मानिसहरूले किन आफ्नो एकलौटी ठानिरहेका छन् ? के बिना पशुपक्षी मानिसको संसार सम्भव छ ?

काशी, कैली र भुसीको त्रिकोणात्मक प्रेमकथा। जोगिन्दर, च्यान्टी, मुरली, लाखे लगायतका कुकुर, घोडा, हात्ती र बाँदरहरूले आफ्नो अस्तित्वका लागि मानिसको समाज र व्यवस्थासँग गरेको लडाइँ र सफलताको सचित्र कथा हो- अम्रिकाने काशी ।

नव मेयरहरूको जस्तै चेतना भएको, अङ्ग्रेजी पनि बोल्ने, गितार बजाएर गीत गाउने, रुखबिरुवा जोगाउने र रोप्ने, पर्यटकीय र पुरातात्त्विक शहरहरू घुम्ने अनि आफ्नै पहलमा 'पशुपक्षी पार्क' बनाएको अम्रिकाने काशीको कथाले आजको मानिसलाई भावुकमात्रै होइन, अरू प्राणीहरूबारे सोच्न बाध्य बनाउनेछ ।

Recommended

Format: Paperback

Condition: New

$16.61
50 Available
Ships within 2-3 days

Related Subjects

Fiction Literature & Fiction

Customer Reviews

0 rating
Copyright © 2025 Thriftbooks.com Terms of Use | Privacy Policy | Do Not Sell/Share My Personal Information | Cookie Policy | Cookie Preferences | Accessibility Statement
ThriftBooks ® and the ThriftBooks ® logo are registered trademarks of Thrift Books Global, LLC
GoDaddy Verified and Secured